विवाह भोजमा प्रयोग भएको पानीमा, कोलिफर्म

काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिकास्थित १ बिहे भोजका लागि प्रयोग भएको पानी पानीमा ‘कोलिफर्नमक जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् । शनिबार बिहे भोज खाएपछि पाल्पा र प्युठानका १ सय ५० जना बिरामी परेका थिए। ‘कोलिफर्म’ले झाडा पखाला लाग्ने गर्ने बताएका छन् ।

बिहेको भोजमा २ वटा ड्रमको पानी प्रयोग भएकामा एउटामा कोलिफर्मको जीवाणु भेटिएको उक्त कार्यालयका प्रयोगशाला प्राविधिक मधुसुधन भट्टराईले जानकारी दिएका छन् । यही मङ्सिर १७ गते शनिबार बगनासकाली–१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर १ सय ५० जनाभन्दा बढी बिरामी भएका थिए ।
प्यूठानबाट आएका जन्तीसहित घर गाउँले र आफन्त पनि बिरामी भएका थिए । उनीहरुलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने र ज्वरो आउने भएको थियो ।

बिरामीमध्ये ३४ जनाको मिसन अस्पतालमा उपचार गरेका थिए । बिरामीको दिसा परीक्षणमा पनि आउँको कीटाणु देखिएको थियो । चिकित्सकले पनि आउँको कीटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए । बिहे भोजमा प्रयोग भएको खानेकुरा भने परीक्षण नगरेको बताएका छन् ।

यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार ढिलो गरी सूचना पाइएकाले खानेकुराको परीक्षण नगरिएको बताए । बिरामी भएका गाउँलाई गाउँपालिकाको स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सयभन्दा बढीको उपचार गरेको त्यहाँका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिएका छन्।