अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध लागूऔषध गाँजाको धुलो ३८ केजी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका(७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारी समेत २ जना रहेका छन् । अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडेरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् ।