सितापुरमा कार दुर्घटना : ५ जना घाइते, ३ गम्भीर

काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका-२ झोलुंगे पुल नजिकै कार दुर्घटना भएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन्। ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

तनहुँ आबुखैरेनीबाट सुपा देउराली दर्शनका लागि आएको कार दुर्घटना भएको हो। उनीहरु मन्दिरको दर्शन गरी फर्कने क्रममा झोलुंगे पुल नजिकै कार दुर्घटना भएको स्थानीय सचिन बोहराले जानकारी दिएका ।

गम्भीर घाइते ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा समान्य उपचारका लागि बुटवल रिफर गरिएको बताए ।