बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

काठमाडौँ । कीर्तिपुरमा बसको ठक्करबाट सशस्त्र प्रहरीको १ जवानको मृत्यु भएको छ ।

चोभार गेट नजिक सशस्त्रका सुवासचन्द्र रतला सवार मोटरसाइकललाई मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसले ठक्कर दिँदा उनी गम्मीर घाइते भएका थिए ।

यसैगरी बयोधा अस्पतालमा उपचारका क्रममा बझाङको जयपृथ्वीबहादुर नगरपालिका– कोटेली ५ का रतलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

हाल बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएका छन् ।