महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै छ : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउन सडक र गाउँगाउँमा अभियान लिएर जानुपर्ने बताइन् । उनले महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको पनि बताएकी छन् ।

आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा लैंगिक हिंसा र न्यूनिकरणका उपायु विषयक अन्तरक्रियामा मन्त्री रेग्मीले बताएकी हुन् । मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने पनि तर्क गरिन् । उनीले भनिन यो समाजलाई सचेत नगरी महिला हिंसाको अन्त्य सरकारले गरेर मात्रै पनि भएन ।
समाजलाई पूरै सचेत गराउन अभियान गर्नुर्‍यो । अब कार्यक्रम होइन । महिला हिंसाविरुद्धको कार्यक्रम कोठाभित्र होइन अभियानको रुपमा लैजानुर्‍यो । सहरी क्षेत्रमा पनि छ महिला हिंसा । जति पढेलेखेको भए पनि हिंसा भएकै छ । त्यसैले दूरदराजको कुरा मात्रै होइन ।

जान्नेसुन्ने उच्च ओहोदाका मान्छे भएको ठाउँमा पनि हिंसा भएकै छ । हामीले अब अभियानको रुपमा सडकमा गर्ने हो कार्यक्रम । अब कोठाभित्र कार्यक्रम गरेर हुँदैन । सडकमा हिंसा विरुद्धको अभियानको रुपमा सडक नाटक होस् । कानुन हुँदाहुँदै पनि अपराधीले हातमा कानुन लिएर अपराध गरिरहेको छ । त्यसैले हामी सबै सचेत हौँ । समाजलाई सचेत नगराइकन यो हिंसा अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रुपमा लिनैपर्छ । घोषणापत्रमा मात्रै लेखेर पुग्दैन । अभियानको रुपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्यूनिकरण हुनसक्छ, ।

हिंसा अन्त्य गर्ने मोडालिटीमा नै परिवर्तन गर्नुपर्ने पनि उनको भनाइ छ । हिंसाको जरो घरभित्रै रहेको र घरभित्रै महिला सुरक्षित नरहेको भन्दै यो समस्या महिलाले मात्र समाधान गर्न नसक्ने उनले बताइन् । ुराज्यले मात्रै पनि समस्या समाधान गर्न सक्दैन । सबै सरोकारवाला घरभित्र चुल्हो चौकोदेखि समाजसम्म । नागरिक समाजदेखि राजनीतिक दलसम्म, राज्यसत्तासम्म, सरकारसम्म सबै लाग्न सक्यौं भने मात्र महिला हिंसा अन्त्य हुन्छ,’।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनको भनाइ थियो । साथै महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् ।