हुम्लामा अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो

हुम्ला, वैशाख । सरकार सिंहदरबारमा केन्द्रित छ । स्वास्थ्य मन्त्रालयमा चिकित्सक तथा कर्मचारी आफ्नो फाइदाका लागि मरिहत्ते गरिरहेका छन् । राम्रो ठाउँमा जाने र सजिलै पैसा कमाउन सकिने तर्फ उन्मूख भईरहेको नेताहरु कै कारण पछि परिरहेको हुम्लाका नागरिकहरुले भने तीन सातादेखि पैmलिएको अज्ञात रोगबाट मुक्त पाउन सकेका छैनन ।
तीन सातादेखि हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। भने २ सय भन्दा बढी विरामी परेका छन्। अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको हो। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको छ। आज मात्रै ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको छ। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन। दमको रोग भएकी बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए।

चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको ताँजाकोटमा आईतबार कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट चिकित्सकहरू डाक्टर केएन पौडेलको नेतृत्वमा टेकराज भट्टराई, केशव अधिकारी र अन्य स्वास्थ्यकर्मी औषधिसहित ताजाकोट पुगेका थिए। मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रका डा। मनोज तिमिल्सिना पैदलमार्गबाटै आइतबार बिहान प्रभावित क्षेत्र पुगी टोलीले आइतबार दिनभरी मैला स्वास्थ्य चौकी मै स्वास्थ्य सिबिर संचालन गरी उपचार गरेका छन्। जहाँ १ सय ३८ बिरामीको चेकजाँच भएको अहेब जैशीले बताए।

चिकित्सकको एक टोलीले बढि प्रभाबित क्षेत्र वडा नम्बर १ को जिमाना र काडागाउको बिचमा रहेको भैंसमाझ सामुदायिक स्वास्थ्य ईकाइमा स्वास्थ्य शिबिर संचालन गरी बिरामीको उपचार गरी रहेको छ। अहेब जैशीका अनुसार डा। टेकराज भट्टराईको टोली वडा नम्बर ४ र ५ मा रहेशो गोठ्यालबाडा सामुदायिक स्वास्थ्य ईकाइ गल्लाबाडा भएर उपचार सेवा दिई रहेको छ। भने मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रबाट आइका डा। मनोज तिमिल्सिनाको टोली भने वडा नं। २,३ मैला मा रहेका बिरामीहरुको उपचारका लागि मैला स्वास्थ्य चौकीमै बसेर उपचार गरिरहेका छन। रोगको लक्षण हेर्दा इन्फुन्जा भन्ने रुघाखोकी होकी भन्ने संका गरीएको भए पनि नमुना परीक्षण नहुँदासम्म यकिन गर्न नसकिने स्वास्थ्यकर्मीले बताए।