प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा १ करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएकामा ५.०६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएकोमा ५.०९ प्रतिशत मत बदर भएको छ ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५ सय अर्थात् ६१ .३६ प्रतिशत मतदान भएकोमा ४.०७ प्रतिशत मत बदर भएको छ ।

प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१.३१ प्रतिशत मतदान भएकोमा ६.५५ प्रतिशत मत बदर भएको छ ।

प्रदेशसभातर्फ प्रत्यक्षमा मनाङको प्रदेशसभा २ मा निर्विरोध भएकाले सो क्षेत्रको मतगणनामा समावेश नगरिएको आयोगले बताएको छ । आयोगले समानुपातिकतर्फको विजयीहरुको अन्तिम घोषणा गर्ने जानकारी दिएको छ ।