दुर्घटनामा मृत्यु भनिएका सबिनको “साबेल” प्रयोग गरी हत्या

काठमाडौं । तार्केश्वर नगरपालिका वडा न.३ निवासी सबिन फुयाँलको सडक दुर्घटनामा मृत्यु भनिएको भए पनि योजनाबद्द तरीकाले हत्या भएको खुलेको छ ।

निर्माणसामाग्री बोक्ने ट्रकले बाईकमा सवार सबिनलाई ठक्करदिदा खुट्टामा चोट लागेपछि ट्रक ड्राईभर र ट्रकमा सवार ८ जनामिली घाईते सबिनलाई त्यहि नजिक रहेको बालुवाको थुप्रो नजिक तानेर “साबेल” प्रयोग गरी कुटपिट गरी घाटि रेटेर योजनाबद्द तरीकाले हत्या गरीएको खुल्न आएको छ।

काठमाडौं तार्केश्वर नगरपालिका वडा नम्बर तीन निवासी सबिन फुयाँलको २४ गते राती धर्मस्थली सानो बाईपास-चिसापानी सडक खण्डमा दुर्घटनामा परि ज्यान गुमाएका भनिएका मृतकको घटना अध्यनपछि वास्तबिकता खुल्न आएको छ।

घटनामा दोसी भनीएको ८ मध्य ७ फरार रहेका छन् । एक जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ परेको ब्यक्तिले मैले नै सबिनको हत्या गरेको हो भनी स्विकार गरेको पिडित पक्षले बताएको छ।

पिडित पक्षले घटनामा संवन्धित सबै दोशीलाई कारबाहिको माग गर्दै हिजो र आज पनि घटना स्थलवरपर धर्ना दिएका छन्।

प्रहरीले घटनामा संबन्धित ट्रकलाई नियन्त्रणमा लिन खोज्दा ट्रकमाथी तोडफोड गरीएको छ । सोही क्रममा प्रहरी र पिडित पक्षविच झडप समेत भएको छ।