सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख मा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको छ । अघिल्लो दिन ९९ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३सय ९० मा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।