आर्थिक अभावले उपचारमा समस्या

काठमाडौं । घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी कालिकोटकी १ बालिकाको आर्थिक अभावले उपचारमा समस्या भएको बताएका छन् ।

यसैगरी पलाँता गाउँपालिका वडा नम्बर ७ की १६ वर्षीया हिरकला बमको टाउकोमा गम्भीर चोट लागेकाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्नुपर्ने भएपछि समस्यामापरेकी छिन् ।

उनी घाँस काट्ने क्रममा भीरबाट ४ सय मिटर तल खसेकी थिइन् । त्यस्को २४ घण्टापछि उद्धार गरेका थिए । दाताको सहयोगमा उपचार गराइरहेकी बालिकाको थप उपचारमा अस्पतालले ३ देखि ४ लाख रुपियाँसम्म लाग्ने बताएको धिरज बमले जानकारी दिएका छन् ।

उनका अनुसार बालिकाका बुबाआमा शारीरिकरुपमा अशक्त छन् । हाल उनको आइसियूमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।