विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ मा अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको खेलमा क्रोएसियालाई ३ ० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको छ । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसैगरी खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३९० गोलअन्तरको जीत हासील गरेको थियो ।

सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार बुधबार राति १२ः४५ बजेदेखि सुरु हुने जानकारी दिएका छन् ।