सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुस्  : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरूलाई सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गरदै अर्थमन्त्री शर्माले यस्तो बताए। उनले सरकार र निजी क्षेत्र बिच एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पारेका छन् ।

उनले निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्त्वपूर्ण पाटोको रूपमा सोचेको बताएका छन् । अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्रबीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै तत्काल परेका समस्याहरूमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको जानकारी दिए ।

समयानुसारको नीतिहरूको निर्माण गर्दै जान र नीतिहरू निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको बतादै सरकारले निजी क्षेत्रले हामीलाई छुट्टै बुझ्छन् भन्ने सोच्नुभएको छ, त्यो होइन । त्यो बुझाइबाट अन्त्य हुन म आग्रह गर्छु । त्यो बुझाइ बिल्कुल छैन । हामीलाई अलग्गै हेर्नुपर्छ भन्न खोजेको हो भने छुट्टै कुरा हो । नत्र निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्त्वपूर्ण पाटो भन्ने सोचेको छ । नीतिमा पनि यो स्पष्ट व्यवस्था छ । हामीले फरक बुझेकै छैन । तत्काल परेका समस्याहरू खुला छौँ, छलफल गर्छौँ, सुधार गर्नुपर्ने कुरामा सुधार गर्न तयार छौँ । समयानुसारको नीतिहरूको निर्माण गर्दै जानुपर्छ । नीतिहरू निर्माणमा लचकता हुनुपर्छ, सरकार लचकता अपनाउने कुरामा दृढ रहेको बताए ।

अर्थमन्त्री शर्माले तीव्र आर्थिक विकासको जन चाहना आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रलाई गुणात्मक रूपले विकास गर्नु चलायमान बनाउने चुनौती रहेपनि सरकार त्यसमा लागिपरेको धारणा थियो । अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको बताउदै उनले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा सङ्कुचन भएको बताएका छन् ।

यसैगरी, उत्पादनलाई अझ बढी विस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने उनको भनाइ छ । निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताए । नीति निर्माण राम्रा भए पनि नीतिहरूलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यकता हो । नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको उनका भनाइ छ ।

आज तीव्र आर्थिक विकासको जन चाहना र संवैधानिक आवश्यकता छ र कार्यान्वयन क्षमताबीचमा अन्तर्विरोध रहेको छ र त्यसलाई समाधान गर्ने अर्थतन्त्रलाई गुणात्मक रूपले विकास गर्नु चलायमान बनाउनु हो । राष्ट्रिय रूपमा उत्पादनको आज जो आवश्यकता छ, उत्पादनको आवश्यकता र आयात प्रतिस्थापनबीचको योजनाको महत्त्व बोध गर्ने र गराउने कुरा आजको आवश्यकता छ । यो कुरालाई स्थापित गर्नुपर्छ साथै आयात भइरहेको छ तर, उत्पादनमुखी अर्थतन्त्रको आवश्यकताको बोध अझै भइरहेको छैन । जसका कारण हाम्रा धेरै श्रोत, साधनहरू प्रयोगविहीन अवस्थामा रहेको बताए ।

उनले भने उत्पादनमुखी अर्थतन्त्रको नीतिगत रूपमा समस्या छैन, हामीले पछिल्लो परिस्थितिको नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएका छन् । निर्यात गर्नसक्ने वस्तुहरूको प्रमाणीकरण गरेर अघि बढ्न जरुरी रहेको छ ।

निर्यात गर्नसक्ने वस्तुहरूको प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताउदै सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ ।