लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले बताए ।

पौडेलका अनुसार रबि लामिछानेविरुद्ध रिट दायर भएको हो । युवराज सफलले रिट दर्ता गराएको हो।’ रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ।

मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ निर्वाचित भएका थिए। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।