सवारी दुर्घटना १ को मृत्यु

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–६, पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हुनेमा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षीय अमरेन्द्र महतो रहेको प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले बताएका छन् ।

बुधवार राति पूर्वबाट काठमाडौँतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । बसमा ठक्कर खाएको मोटरसाइकल अनियन्त्रित भएर काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको गाडीमा ठोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए ।

यसैगरी उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् । दुर्घटनासँग जोडिएका बस र मोटरसाइकल प्रहरी नियन्त्रणमा राखेको बताएका छन् ।