गठबन्धनकै सरकार बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम गठबन्धनकै हुने गरी छलफल भइरहेको जानकारी दिएका छन् ।

नेपाल चितवनको आयोजनामा भरतपुरमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँट गरेर गठबन्धनको सरकार अघि बढ्ने बताएका छन् ।

उनले भने राष्ट्रपतिले दिएको सीमा भित्रै नयाँ सरकार बनाएर बढ्ने छौँ ।अहिलेसम्म गठबन्धन दलबीच व्यक्तिकेन्द्रित छलफल नभएको उनले दाबी गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायतका पदहरुमा सहमति खोज्ने र शक्ति बाँडफाँटमा छलफल भइरहेको उनले बताए ।

यसैगरी नेकपा एमालेसँग मिलेर सरकार बनाउने कुरा बाहिर आए जस्तो कुनै सत्यता नभएको उनले स्पष्ट पादै भने, बाहिर आएजस्तै औपचारिक र आधिकारिक रुपमा कुराकानी नभएको र सरकार गठबन्धनबारेमा एमालेलगायतका दलहरुसँग छलफल भइरहेकै जानकारी दिएका छन् ।

कांग्रेस र एमालेबीच पनि कुराकानी भइरहेकै र स्वतन्त्र पार्टीसँग पनि मेरो कुरा भइरहेकै बताए । त्यस्तै कतिपय व्यक्तिहरुले स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा आएको उनले बताएका छन् ।