पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

काठमाडौँ । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा ३१ जना नाविक बेपत्ता भएको छ । अन्य ३१ जनाको खोजी गरिरहेको नौसैनिकका प्रवक्ताले जानकारी दिएको छ ।

एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो ।

नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ ।

जहाजको ‘अपरेटिङ सिस्टम’ले काम गर्न छोडेपछि जहाजले नियन्त्रण गुमाएको थियो,” उनले सोमबार बिहान बताए । जहाजमा रहेका १ सय ६ जनामध्ये ७५ जनालाई २ वटा हेलिकप्टर, २ वटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ । बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

करिब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ । घटनमा अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ ।