प्रधानमन्त्रीको जोडियो क्रिस्चियन कनेक्सन

काठमाडौं जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक शिक्षाका विषयमा बेलाबेलामा चर्चा र विवाद हुँदै आएको छ। नेपालका राजनीतिक खेलाडी जेल नेल हुँदै मुलुकको सत्ताको नेतृत्व गर्न दुई पटक सिंहदरबार प्रवेश गरिसकेका छन्।

उनको औपचारिक शिक्षा जे भए पनि उनी स्वअध्यनले अगाडि बढेका छन्। उनको राजनीतिक उपलब्धिलाई हेर्दै उनलाई मानार्थ उपाधी दिनेहरुको लाइन लाग्दै आएको छ।

गणतन्त्र दिवस कार्यक्रमको व्यवस्ताबीच बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गरे। प्रधानमन्त्री ओलीले पाएको यो उपाधी पहिलो भने होइन।

यसअघि पनि उनले यस्ता तीन वटा उपाधी प्राप्त गरिसकेका छन्। पहिलो पटक उनले मानार्थ विद्यावारिधीको उपाधी २०१० मा प्राप्त गरेका थिए। सो उपाधी विवादितसमेत भएको थियो।

अमेरिकाको ग्रिनफोर्ड विश्वविद्यालयले काठमाडौंमै कार्यक्रमको आयोजना गरी त्यतिबेला ओलीसहित विजयकुमा गच्छदार, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ लगायतलाई उपाधी दिएको थियो।

मध्य अमेरिकाको बेलिज भन्ने देशमा रहेको र काठमाडौ शंखमुलमा सम्पर्क कार्यालय रहेको, ग्रिनफोर्ड इन्टरनेसनल यूनिर्भसिटीका नाममा दिइए पनि सो विश्वविद्यालयको वैद्यतामाथि प्रश्न खडा भएपछि मह जोडीले सम्मान फिर्ता गरेका थिए। त्यति मात्र होइन उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदै विश्वविद्यालयमाथि छानविन गर्न अनुरोध गरेका थिए।

त्यतिबेला प्रधानमन्त्री नभए पनि तत्कालीन नेकपा एमालेका अध्यक्षका हैसियतमा रहेका ओलीले सो पदक फिर्ता गरेनन्।

उनले पाएको यो पदकको विवाद भए पनि यसअघि उनले पाएका अन्य दुई पदक भने नेपालका प्रधानमन्त्रीको रुपमा आधिकारिक विदेशी विश्वविद्यालयबाट प्राप्त गरेका हुन्।
योसँगै ओलीले आज कोरियाली विश्वविद्यादय काङनाम युनिभर्सिटीले सम्मानित गर्‍यो। ओलीलाई सम्मान गर्नका लागि विश्विद्यालयका प्रेसिडेन्ट सिलन युन नेपाल आएका छन्।

काङनाम एउटा निजी क्रिस्चियन विश्वविद्यालय हो। सन् १९४६ मा स्थापना भएको यो विश्वविश्विद्यालय ‘ग्यङ्छन्एइन’ मूल भावबाट प्रेरित छ। जसको अर्थ स्वर्ग र मानवताको पूजा गर्नु हो।

सन् १९४६ मा धर्मगुरु यी हो – विनले चोङ-आङ टेक्नोलोजी इन्स्टिच्यूटको रुपमा स्थापना गरेका थिए। सन् १९७६ मा यसको नाम काङनाम सोसल वेलफेयर स्कुल थियो पछि सन् १९९२मा विश्वविद्यालयको मान्यता पायो।

यस विश्वविद्यालयको उदेश्य संसारभरी क्रिस्चियनको प्रचार गर्नु हो। यसले क्रिस्चियन धर्म फैलाउन सहयोग गर्नेहरूलाई मानार्थ विद्यावारिधि र अन्य सुविधा दिने गर्दछ।

क्रिस्चियन स्थापना र क्रिस्चियन धर्म प्रचारका लागि सुरु भएको यही विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई बुधवार काठमाडौंमा विद्यावारिधि प्रदान गर्‍यो। क्रिस्चियन धर्म प्रचारमा सहयोग गर्नेलाई प्रदान गरिने यो पदक प्रधानमन्त्री ओलीले थाप्दै गर्दा यसको जरा केही समय अगाडि काठमाडौंमा आयोजित विवादित धर्म सम्मेलनसँग पनि जोडिएको छ।

गत मंसिरमा आयोजित विवादित युनिफिकेशन चर्चसँग आवद्ध संस्था युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा ओलीले युनिफेकसन चर्चकी प्रमुख माता मुनको हातबाट नगद सम्मान थापेका थिए। केहीले माता मुनको हातबाट होली वाइन खाएका थिए।