सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २ सयले घटेको छ । हिजो प्रतितोला १ लाख १ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ३ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन मूल्य १ लाख १ हजार कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले घटेर प्रतितोला १ हजार ३ सय ९० मा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।