बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौँ । ओखलढुङ्गामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका–३ सिल्कु बेसी बस्ने ६८ वर्षीय शुक्र बहादुर मगर रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शुक्र बहादुरले ती बालिकालाई मंसिर २२ गते साँझ सोही ठाउँस्थित खेतको मतान घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।