गृहमन्त्री बालकृष्ण खाणद्वारा क्रिसमसको शुभकामना

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको बताएका छन् ।

यसैगरी नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवद्र्धन गर्न सरकार सकारात्मक रहेको उनले जानकारी दिएका छन् ।