उपत्यकामा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि १० उद्यान

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले यहाँका विभिन्न स्थानमा १० वटा उद्यान निर्माण गर्ने भएका छन् ।

विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि उद्यान निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी एवं इञ्जिनीयर सौरब ढकालले जानकारी दिएका छन् ।

प्राधिकरणले शङ्खरापुर नगरपालिकामा शाली नदी उद्यान, नागार्जुन नगरपालिकामा घटालबाबा मन्दिर उद्यान, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी र नवतनधाम उद्यान, कीर्तिपुर नगरपालिकामा चम्पादेवी उद्यान निर्माण गर्न लागेको बताएका छन् ।

यसैगरी ललितपुर महानगरापालिकामा ३ उद्यान निर्माण गरिने भएको र महानगरपालिकाको १३ नं वडामा मच्छेन्द्र उद्यान, वडा नं २१ मा पञ्चोद्यान, वडा नं २७ मा बालकुमारी उद्यान निर्माण गरिने उनले बताए । महानगरपालिकाकै वडा नं २५ स्वयम्भू भैँसेपाटीमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गर्न लागेको छन् ।

यसैगरी ललितपुरकै महालक्ष्मी नगरपालिका–८ ढुङ्गेटोलस्थित लुभू माध्यमिक विद्यालयपछाडि रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माण कार्यक्रमअन्तर्गत भक्तपुरका विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा संंरक्षण गरी हरियाली प्रवद्र्धन गरिने भएको छ ।

भक्तपुरका स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक जग्गा संरक्षण गरी ती स्थानमा उद्यान निर्माण गर्न लागेको बताए । ३ जिल्लामा उद्यान निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको प्राधिकरणले जानकारी दिएको छ ।