नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मानन्धर विजयी

काठमाडौँ ।  सम्पन्न भएको नेपाल जेसीजको ४९औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर विजयी भएका छन् ।

महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच उम्मेदवार रहेकामा १ जना उम्मेदवार अनिलबहादुर शाही ककस
कार्यक्रममा अनुपस्थित भएकाले उनको उम्मेदवारी रद्द भयो भने निर्वाचनबाट मानन्धर विजयीभएको बताएका छन् ।

मानन्धर ५ सय ९५ मत प्राप्त गरी विजयी भएका छन् भने उहाँका निकटम प्रतिद्वन्द्वी रविन पोखरेलले २ सय ९७ मत ल्याएका थिए । मानन्धर आफ्ना ३ जना प्रतिद्वन्द्वी पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी भएका छन्।

यस्तै १ हजार २ सय ५० मतदाता रहेको नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा ४ पदका लागि ९ जना उम्मेदवार रहेकामा जीवनबहादुर कार्की, कुमारसिंह सान्वा लिम्बू, रजनी थापा र रश्मी बस्नेत विजयी भएका छन् । उपाध्यक्षमा उम्मेदवार महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा र सन्दीप अग्रहरि पराजित भएका छन् ।

यसैगरी १२ उपाध्यक्षका लागि १९ जना प्रतिस्पर्धामा रहेकामा भीमबहादुर कुँवर, वीरबहादुर भगत, सरोज अधिकारी, गुरुदेव पौडेल, राजाराम गौतम, अनुप सुनुवार, तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, चन्द्रमणि भुसाल, सोनु श्रेष्ठ, राधिका भुसाल र स्वस्तिका आचार्य विजयी भएका छन् ।