नवनिर्वाचित प्रदेश सांसदले लिए शपथ

काठमाडौँ । यही मंङसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डलले प्रदेश १ का ६ जना प्रदेश सांसदले मातृभाषामा सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश सांसदमा पाँचथर १ (२) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनुलङ्वा लिम्बुले मातृभाषा यक्थुङ र लिम्बु भाषामा शपथ लिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद प्राप्त गरेका छन् स जसमा आदिवासी जनजाति समुदायका ३९, खस र आर्य समुदायका ३७, मधेसी समुदायका ६, थारु र राजवंशी समुदायका ५, दलित समुदायका ४ र मुस्लिम समुदायका २ जनाले प्रतिनिधित्व रहेको छ ।

नेकपा (एकीकृत समाजवादी) का पाचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बुले मातृभाषा यक्थुङ र लिम्बु भाषामा शपथ लिएका हुन् । कांग्रेसकी सुनिता गच्छदार चौधरीले थारू भाषामा शपथ लिएकी हुन् ।