राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलको नेतामा उद्धव थापा चयन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन् ।

आज काठमाडौँमा बसेको संसदीय दलको बैठकले नेतामा थापालाई सर्वसम्मत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम थापाले जानकारी दिएका छन् ।

काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका–२ थापा चोक बस्ने ५५ वर्षीय थापासहित राप्रपा १३ जना सदस्यले दलको प्रतिनिधित्व रहेका छन् ।