पूर्व प्रधानमन्त्री देउवा डेरा खोज्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाको घर खोजीमा लागेका छन ।

बूढानीलकण्ठमा रहेको उनको घर मर्मत क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उनको परिवारले नयाँ घरमा सर्न लागेको देउवाका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिएर सत्ता सम्हालेपछि निवर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नुपर्ने भएको थियो । यसैगरी तत्काल नै सर्नुपर्ने भए पनि उनी बस्ने नयाँ घरको भने यो तयार हुँदासम्म टुङ्गो नलागेको बताए ।

प्रेस संयोजक परियारका अनुसार २-३ वटा घर हेर्ने कार्य भएको र आज साँझसम्म टुङ्गो लाग्छ होला अनि सर्ने तयारी हुने बताए ।

बूढानीलकण्ठको घरको मर्मतकार्य जारी भएकाले अझै सम्पन्न गर्न २-३ महिना लाग्ने बताएका छन् ।