प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही साता पुस १८ गतेदेखि हुने तय भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई २ समूहमा विभाजन गरेका छन् । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेको बताएका छन् ।

कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको पहिलो खेल पुस १८ गते कञ्चनपुर र बैतडीबीच तथा दोस्रो खेल डोटी र अछामबीच हुनेछ सङ्घले जानकारी दिएको छ । शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुने भएको छ ।

यसैगरी प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ र उक्त टोलीले नेपाल क्रिकेट सङ्घ क्यान को आयोजनामा यही पुस २९ गते देखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।