‘जसको दिलमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक प्रमोद खरेलको नयाँ गीत ‘जसको दिलमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत प्रेम कथामा आधारित रहेको छ।

सुनिल बिसीको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको १ जोडीको प्रेम कथालाई देखाइएको बताएका छन् । गीतका निर्माता सुवास पुरी रहेका छन् । यसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ।

यसैगरी विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ साथै गीतको म्युजिक भिडियो प्रकाश खड्काले छायांकन गरेका छन् ।