एउटा रुखको बिचमा बनेको ट्रिज रिसोर्ट

काठमाडौँ । एउटा रूखको बिचमा बनेको ट्रिज रिसोर्ट । बुढानीलकण्ठ मन्दिर छेवैबाट जामचेन गुम्बा जाने उकालो बाटो छ। यो बाटोमा खासगरी शुक्रबार र शनिबार सार्वजनिक बिदाको दिन चहलपहल हुने गर्दछ । मन्दिरबाट करिब साढे दुई किलोमिटर उकालो हिँडेपछि ठूलोगाउँ पुगेपछि ट्रिज रिसोर्ट आइपुग्छ।

ट्रीज रिसोर्टको मुख्य आकर्षण एउटा उत्तिसको रूख हो र त्योे रूखलाई बीचमा पारेर जमिनमाथि चिटिक्क परेको एउटा घर बनाइएको छ। छानोको बीचबाट रूख निस्केकोले यो घरको नाम ट्रिज हाउस रहेको हो ।

सञ्चालक सुरेन्द्र बजगाईंका अनुसार ट्री हाउसमा जमिनभन्दा थोरै माथि, रूखमा चराजस्तै स्वतन्त्र भएर बस्न धेरैलाई मनपराएको बताए । जंगलको बीचमा र ट्री हाउस पनि भएकाले यसको नाम ट्रीज रिसोर्ट राखिएको हो। त्यहाँ विभिन्न चराहरूको आवाज पनि सुनिन्छ।

ट्री हाउसनजिकै एउटा ढुंगेधाराबाट पानी झरिरहन्छ। घर परिसर फूलका गमलाले सजाइएको छ। सुरेन्द्रका भने यो घर रूखमा बनेको हुनाले अलिअलि हल्लिन्छ। कतिपयलाई चाहिँ डर पनि लाग्न सक्छ। तर फलामका टेका राखेर बनाइएकाले बलियो छ।

रिसोर्टमा सुरेन्द्र र उनका साथी लोकेन्द्र बडूको संयुक्त लगानी छ। सुरेन्द्र दस वर्ष दक्षिण कोरियामा काम गरेर र लोकेन्द्र सिंगापुरमा कम्प्युटर इञ्जिनियरिङ पढेर फर्केका थिए। उनीहरूले सुरूमा १ करोड रूपैयाँ लगानी गरेका थिए। अहिले ३ करोड पुगिसकेको बताएका छन् ।

त्यहाँ खास गरी शुक्रबार र शनिबार भिड लाग्छ। ट्री हाउसमा रात बिताउन चाहनेले अग्रिम बुकिङ गर्छन्। यसबाहेक त्यहाँ अन्य स९साना कटेज घर पनि छन्। एक रातमा ५० जनासम्म अटाउने क्षमता छ। दिउँसो १ पटकमा कम्तीमा ८० जनाले खानपिनको सेवा पाउन सक्छन्। रिसोर्टले पिकनिकका लागि पनि ठाउँ उपलब्ध गराउँछ जहाँ १ सय ५० जनासम्मले खानपिन गर्न सक्छन्। सातामा सरदर २ सय जना आउने सुरेन्द्रले बताए। यसैगरी कर्मचारीहरू ९ जना रहेका छन् ।

सुरेन्द्र भन्छन्, गर्मी मौसममा पनि यहाँ शीतल हुन्छ। जाडोमा पारिलो घाम लाग्छ। अहिले चिसो मौसम भएकाले घाम ताप्दै भोगटे, सुन्तला जस्ता फलफूल खान पाइन्छ । उनीहरूदे लोकल कुखुरा पालेका छन्। यही कुखुराको परिकार र थकाली खाना यहाँको विशेषतामध्ये एक हो। यहाँ पाक्ने केही हरियो तरकारी पनि यहीँ फल्छ। साग, सिमी, लसुन, धनियाँ आफैं उब्जाउने गरेको उनले बताए।

सहरबाट नजिकै तर कोलाहलबाट टाढा, ट्रीज रिसोर्टमा ठ्याक्कै ग्रामीण परिवेश अनुभव हुन्छ। परम्परागत शैलीमा ढुंगामाटोले बनेको भान्छाघर छ। भित्ता रातो र सेतो माटोले पोतिएको। ग्रामीण सामग्रीहरू सजिएका छन्। शान्त वातावरणमा गाउँको जस्तो परिकार पस्किने आफ्नो उद्देश्य रहेको सुरेन्द्र बताउँछन्।

त्यहाँ बस्न धेरै महँगो पनि छैन। यो रिसोर्ट धेरै आरामदायी नखोज्ने र गाउँको परिवेशमा प्रकृतिसँग रमाऊँ भन्नेका लागि हो,ु उनले भने। ट्रीज रिसोर्टले ुस्पेसल ट्री९हाउस कपल नाइट स्टेु प्याकेज दिएको छ। ट्री९हाउसमा एक रात बिताउन जोडीलाई ५ हजार रूपैयाँ लाग्छ। चिया–कफी र खाना यसैभित्र पर्छ। अरू कटेजमा खानासहित एक रात बिताउन प्रतिव्यक्ति दुई हजार रूपैयाँ लाग्छ।

सुरेन्द्र र उनका साथीले झाडी फाँडेर रिसोर्ट बनाएका हुन्। झाडीले भरिएको यो ठाउँमा मोटरसाइकल आउने बाटोसमेत थिएन । बुढानीलकण्ठ चोकबाट हिँडेर आउनुपर्थ्यो। सामान पनि बोकेरै ल्याउनुपर्थ्यो। सात रोपनी जमिनको झाडी फाँड्न तीन महिना लाग्यो। जग्गा मिलाउने काममा मात्र ३५ लाख रूपैयाँ खर्च भएको सुरेन्द्रले बताए।

गाउँको परिवेश झल्किने फार्म हाउस चलाउने उनीहरूको सोच थियो। सोहीअनुसार शिवपुरी फार्म एन्ड ट्री हाउसु नाम राखे। सहरका रिसोर्टभन्दा फरक हुनुपर्छ भनेर एउटा रूखलाई घेरेर, त्यसकै आडमा कटेज बनाए। उत्तिसको रूखमा सुन्दर घर बन्यो।

पहिले गाउँतिर बाँदर धपाउन बस्दा रूखमा घाँसले बारेर बस्ने ठाउँ बनाइन्थ्यो। त्यहाँ बस्न रमाइलो हुन्थ्यो। रूख हल्लिँदा झन् मजा आउँथ्यो सुरेन्द्रले भने,त्यही सम्झेर ट्री हाउस बनाएका हौं ।

पाँच वर्षअघि रिसोर्ट सुरू हुँदा मानिसको चहलपहल थिएन। व्यवसाय सोचेजस्तो चलेन। तीन वर्ष घाटामा गयो। त्यसैबीच कोभिड महामारीले थप हानी गरायो। उनीहरू विचलित भएनन्। बिस्तारै सहज हुँदै जाने विश्वास लिएर काम गरे। कोभिडको समयमा त धेरै दिन बन्द नै भयो तर हिम्मत हारिएन ,उनले भने।

त्यसपछि, एक वर्षअघि मात्र उनीहरूले शिवपुरी फार्म एन्ड ट्री हाउसु पुनर्संरचना गरेर ट्रीज रिसोर्ट बनाएका हुन्। सुरूमा यहाँ खरले छाएको बाँसका कटेज थिए। अहिले जस्ताको छानो हालेको इँटा र सिमेन्टले बनेका छन्। ुखर र बाँसका कटेज केही असहजजस्तो भयो। महँगो पनि पर्‍यो उनले भने , फेरि भाटा छिट्टै मक्काउने, पानी चुहिने र मर्मत गरिरहनुपर्ने भयो उनले भने,तर केही आगन्तुकले पुरानै शैलीको कटेज खोजेकाले अहिले फेरि बाँस र खरको पनि बन्दैछ ।

रिसोर्ट साजसज्जाको काम अझै बाँकी छ। हाल बैंकबाट ऋण लिन सहज नभएकाले कतिपय काम थाती रहेको उनले बताए। ट्राउट माछा पालेर आगन्तुकलाई खुवाउने सोच छ। त्यस्तै रिसोर्टको गुणस्तर र सुविधा विस्तारमा पनि काम गरिरहेका छन्।

सुरेन्द्रका अनुसार अहिले आन्तरिक पर्यटकको संख्या बढ्दो छ। सातामा एक दिन भए पनि बाहिर जाऔं, खानपिन र रमाइलो गरौं भन्ने चाहना राख्न थालेका छन्। विदेशमा जस्तै मानिसहरू हप्ताको एक दिन भए पनि बाहिर बसौं, पारिवारिक रमाइलो गरौं भन्ने सोच्न थालेका छन

Seen by Saileja Subedi at 15:45