खिजिदेम्बा गाउँपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ । खिजिदेम्बा गाउँपालिकाले गर्भवतीलाई प्रसूति गराउन स्वास्थ्य संस्था लैजान पालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको छ ।

जिल्लाभित्र तथा जिल्लाबाहिर काठमाडौँलगायत अन्यत्र प्रसूतिका लागि लानुपरेमा गाउँपालिकाको एम्बुलेन्समा निःशुल्क लैजाने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताएका छन् ।

अध्यक्ष शेर्पाका अनुसार प्रसूतिका लागि ओखलढुङ्गा सदरमुकाम होस् वा रामेछाप तथा काठमाडौँ नै लानु परे पनि गाउँपालिकाको खर्चमा गर्भतीलाई एम्बुलेन्समा लैजाने व्यवस्था गरेको बताए ।

गाउँपालिकामा रहेको बर्थिङ सेन्टरमा प्रसूति गराउन नसकिएका जटिल समस्या भएका र स्वास्थ्यमर्कीले रेफर गरेका गर्भवतीलाई प्रसूति गराउन अन्यत्र लैजाने गरेको गाउँपालिकाले जानकारी दिएका छन् ।