चिसो बढेपछि तराई–मधेशमा जनजीवन कष्टकर

काठमाडौँ । तराई–मधेशमा २/३ दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छाडेपछि तराईमा चिसो बढेको हो ।

तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको बताएका छन् । वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।

एक–दुई दिनदेखि चिसोका बढेको कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित भएका र चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको राजविराजस्थित केअ मावि कक्षा ७ मा अध्यनरत प्रियंका साहले गुनासो गरेकी छिन् ।

बाक्लो कुहिरो लागेका कारणले पूर्व–पश्चिम राजमार्ग र सहायक मार्गका सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको चालकले बताए । दिउँसोको समयमा अलिअलि घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने गरेको छ । चिसोले गर्दा मानिस बिरामी पर्न थालेको छ ।

उनले भने “अहिले त जाडो भर्खर सुरु भएको छ, चिसोसँगै बिरामीको चाप बढनसक्यन र गजेन्द्रनारायण सिंह अस्पतालका मेडिक सुप्रिण्टेण्डेन्ट डा प्रकाश साहले जाडोबाट बढी मात्रामा दमका रोगी, वृद्धवृद्धा र बालबालिकालाई सताउने गरेको जनाउँदै अहिले अस्पतालमा त्यस्ता बिरामीको चाप नरहेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले चिसोबाट बालबालिका र वृद्धवृद्धामा बढी असर परेको बताएका छन् । त्यस्तै स्थानिय प्रशासनले चिसोबाट बच्न आगो ताप्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैगरी आगोबाट ठूलो क्षतिसमेत हुनसक्ने भएकाले सबैलाई सचेत रहनसमेत आग्रह गरेका छन् । बाक्लो हुस्सु लागेका बेला सवारी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ ।