कैलालीमा ट्याक्टरले च्यापिएर १ चालकको मृत्यु

काठमाडौँ । कैलालीमा ट्याक्टरले च्यापिएर १ जनाको मृत्यु भएको छ । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो ।

गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् ।

चौधरीलाई गाडीको बिचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताएका छन् ।