डिएसपी केसी निलम्बित

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो। आज केसीलाई गृहले निलम्बन गरेको हो। उनीमाथि थप अनुसन्धान हुनेछ ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई जिम्मेवारीबाट हटाइएको हो। डिएसपी केसीको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।