नेप्से परिसूचक ५७ अंकले बढ्यो

काठमाडाैँ । नेप्से परिसूचकमा  बुधबार ११ अंकको करेक्सन आएको सेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ। सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब ५७ अंकले उकालो लागेको छ ।

आज २ सय ५७ कम्पनीको ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७ सय ८१ रुपैयाँमा सेयर खरिदबिक्री भएकाे छ ।  ४५ हजार ९ सय ४४ पटक सेयर कारोबार भएकाे छ ।  काराेबारका अाधारकामा  बुधबार २ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

अाज  १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे छ । ७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढिले बढेकाे छ ।

१२ करोड मूल्य बढिको सेयर कारोबार गरी हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहयो। नेपाल दूरसंचार कम्पनी १० करोडको कारोबार गरी दोस्रो स्‍थानमा रहन सपफल भएकाे छ ।

फाइनान्स समूहको सूचक सर्वाधिक ५.३८ प्रतिशतले बढेकाे छ ।  हाइड्रोपावरको ४.९२ र नन लाइफ इन्स्योरेन्सको ४.३९ले बढ्दा डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सको ३ प्रतिशत बढिले वृद्धि भएकाे छ ।

कारोबारमा आएका १७ कम्पनीको मूल्य ओरालो लाग्यो। सूचक बढ्दा कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ, भने १३ वटै समूहको सूचक सकारात्मक देखिएका छन्।