प्रधानमन्त्री पुष्पकमल दाहाल तमू ल्होछार कार्यक्रममा सहभागी

काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टुँडिखेलमा पुगेका छन् । उनलाई गुरुङ समुदायको पहिरन लगाइदिएर स्वागत गरिएको छ ।

टुँडिखेलमा पुगेर प्रधामन्त्री प्रचण्डले कार्यक्रमको उद्घाटन गरेको हुन् । तमू ल्होछारको अवसरमा तमू ह्युल छौंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंद्वारा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका छन् ।

आज शुक्रबार गुरुङ समुदायले तमू ल्होछार नयाँ वर्ष हर्षेका साथ मनाउँदै छन् ।