प्रधानमन्त्रीलाई श्रीलङ्काका राष्ट्रपतिको बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्तामा बधाई दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित भएकामा दाहाललाई बधाई दिएका हुन्् । टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिङ्गेले प्रधानमन्त्री दाहालको कार्यकालमा २ देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

उनीहरूबीच २ देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । प्रधानमन्त्री दाहाललाई विभिन्न देशका सरकार प्रमुख एवं राष्ट्रप्रमुखले वधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना दिएका छन् ।