अवैध लागूऔषध सहित पक्राउ

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिका -३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ् ।

सोही नगरपालिका-३ बस्ने २२ वर्षीय राजेश परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले परियारमाथि शङ्का लागि जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जानकारी दिएका छन् ।

हाल यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बतमएका छन् ।