नक्कली भ्याट बिल बनाएको आरोपमा महर्जनविरुद्ध मुद्दा
पुस १९, २०७९
काठमाडाैँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको अनुसन्धानमा खुलेकाे छ ।
विभागले ६ करोड १७ लाख ९२ हजार ५ सय ७९ बराबरको बिगो र ६ करोड १७ लाख ९२ हजार ५ सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
Add Comment