सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय पुग्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सयमा कारोकार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सयमा कारोबार भएकोे थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भएको छ । छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको बताएका छन् ।