इजरायली सेनाद्वारा वेस्टबैंकमा प्यालेस्टिनी बालकको हत्या
पुस २१, २०७९
काठमाडाैँ । इजरायली सेनाले बिहीबार वेस्ट बैंकको नाब्लस शहरमा एक प्यालेस्टिनी बालकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्रोही र इजरायली सेनाहरुबीच सशस्त्र झडप भएको थियो ।
आज बिहानै नाब्लसमा आक्रमणको क्रममा इजरायली सैनिकहरूले हानेको गोली टाउकोमा लागेर १६ वर्षीय अबु जेटोनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको समाचारमा जनाइएको छ ।
गत मङ्गलबार, बेथलेहेममा १५ वर्षीय एडम एसाम शेकर अय्यादको मृत्यु भएको थियो । सन् २००५ मा १५० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएयता वेस्ट बैंकमा इजरायल गरेको आक्रमण्मा सन् २०२२ सबैभन्दा घातक वर्षको रुपमा रहेको डिसेम्बरमा, संयुक्त राष्ट्रसङ्घले जनाइएको छ ।
इजरायली सेनाले यस घटनाको तुरुन्तै प्रतिक्रिया दिएको छैन् । स्थानीय प्यालेस्टिनी लडाकू समूह लायन्स डेनले नाब्लसको बालाता शरणार्थी शिविरमा रातभरको झडपमा आफ्ना लडाकाहरू संलग्न रहेको बताएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस वर्षको सुरुदेखि वेस्टबैंकमा इजरायली सेनाद्वारा मारिएका जेटोन चौथो प्यालेस्टिनी हुन् ।
Add Comment