९३ वर्षमा चनमतीले पाइन नागरिकता

काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं २ पिनासीकी ९३ वर्षीया चनमती माझीले नागारिकता पाएकी छिन् ।

चनमतीलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

जानकारी र पहुँचको अभावमा उनले ९३ वर्षसम्म नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्नेभएको थिएन । रासस