भरुवा बन्दुक १ थान सहित पक्राउ

काठमाडौँ । मकवानपुर, गढी गाउँपालिका-७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको बताएका छन् ।

हाल यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।