नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु

काठमाडाैँ ।  नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु भएको छ।  प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा सभाको पहिलो बैठकका एजेण्डाबारे छलफल भइरहेको  छ।

बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई  बोलाइएको छ। बैठकले प्रतिनिधिसभाको नियमावली अनुमोदन,सभामुख चयन,संसदमा राष्ट्रपतिको सम्बोधन,सरकारले विश्वासको मत लिने तयारीलगायत विषयमा छलफल गर्ने बताइएको छ।

संघीय संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ।