दुइवटा सुन पसलमा चोरी

काठमाडाैँ । गएराति राैतहटकाे चन्द्रपुर नगरपालिकाको दुईवटा सुन पसलमा  चोरी भएको छ।

चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको गढीमाई सुनचाँदी पसल र बजारमा रहेको प्रज्ज्वल सुनचाँदी पसलमा चोरी भएको हो। गएराती दुवै सुन पसलको सटर फुटाएर पसलमा रहेको सुन र चाँदीका गहना चोरेर लगेका हुन्।

चोरीका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए । दुवै सुन पसलबाट करिव १२ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको पसल सञ्चालकहरूले बताएका छन्।