घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग ११ हजार बराबरको घुस लिएको बताएका छन् । आयोगले उनलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

आयोगका अनुसार अपरेटर यादवले २ पटक गरी ११ हजार बराबरको घुस लिएको जानकारी दिएका छन् । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको बताए ।