राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस् : पूर्वराजदूत आचार्य

काठमाडौँ । पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले राजदूत सुनुवाई प्रक्रियामा सुधार तथा समावेशी र मापदण्ड पुरा नभएमा नियुक्ति फिर्ता गर्ने व्यवस्था गर्न सल्लाह दिएका छन् ।

पूर्वराजदूत आचार्यले भने राजदूत नियुक्त मापदण्ड, विधि र प्रक्रियामा सुधार हुनुपर्छ, मापदण्ड कार्यान्वय भए नभएको पनि अनुगमन संसद्ीय समितिबाटै हुनुपर्ने बताए । राजदूत मात्र नभई अनुभवी र विज्ञता हासिल भएकालाई परराष्ट्रमन्त्री बनाउने विषयमा पहलकदमी लिन संसदीय समितिलाई सुझाव दिँदै उहाँले सुरक्षा, वाणिज्य र परराष्ट्र नीतिबीच तादम्यता मिलाउन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

केही ठूला दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमति मान्न नसकिने उल्लेख गर्दै पूर्वराजदूत आचार्यले कसैको वैशाखी नटेकी राष्ट्रिय हितलाई ध्यानमा राखेर स्वतन्त्र र सन्तुलीत परराष्ट्र नीति अवलम्बन राष्ट्रकोे आवश्यकता भएको बताएका छन् । उनले भने, कुटनीतिमा अलिकति गतिशिलता र चनाखो हुनुपर्छ, विदेशी आउँदा पूर्वप्रधानमन्त्री र मन्त्री लाइन लागेर होटलमा पुग्न हुन्न, राज्य शक्तिकारुपमा कुटनीतिलाई प्रयोग गरिने बताए ।