अमेरिकामा गोली हानी १ नेपालीको हत्या

काठमाडौँ । अमेरिकाको कोलोराडोस्थित १ कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरेका छन् ।भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा १ बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको बताएका छन् ।

अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जानकारी दिएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले बताएको छ ।

घटनास्थलमा प्रहरी आउँदा लामिछानेको मृत्यु भइसकेको बताए । उनी चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताएका छन् ।