झरीले भत्कायो सिंहदरबारको पर्खाल

काठमाडौँ, असार । मनसुन सक्रिय भएसँगै देशभर झरी परिरहेको छ । झरीकै कारण सिंहदरबारको पर्खालमा क्षती पुगेको छ । सिंहदुबारको पुर्वी तर्फको पर्खाल भत्कीएर क्षती पुगेको हो ।

यस्तै, राजधानीका अन्य स्थानमा पनि वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । विभिन्न स्थानमा रुखहरु ढलेर सवारी आवागमन अवरुद्ध बनेको छ ।

यसैबीच काठमाडौँको सीतापाइला क्षेत्रमा पनि वर्षासँगै आएको पानीको भेलले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

सीतापाइला क्षेत्रमा ढलको उचित व्यवस्थापन नुहँदा अविरल वर्षासँगै सडकमा ठूलो भेल भग्ने गर्छ जसले गर्दा साना सवारी चलाउनेदेखि पैदलयात्रुले बाटोमा यात्रा गर्दा कठिनाइ भोग्ने गर्छन् ।