नेप्से परिसूचक २१.३४ अंकले ओरालो

काठमाडौँ । आज नेप्से परिसूचक २१.३४ अंक घटेको छ । मंगलबार कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको थियो । कारोबार रकम बढ्दा नेप्से २१९० अंकमा कायम भएको छ ।

कुल ५३ कम्पनीको मूल्य बढ्दा १ सय ५१ को घट्यो भने ५ को स्थिर रहृेको छ । आज कारोबार भएको आधारमा बैंकिङ ९ अंक बढ्यो । विकास बैंक ४१, फाइनान्स ८३, होटल तथा पर्यटन १ सय १५, जलविद्युत् १६, जीवन बीमा २ सय ४३, उत्पादन ५५, माइक्रोफाइनान्स १ सय, निर्जीवन बीमा २ सय ७८, अन्य ४० र ब्यापार उपसमूह ७१ अंक घटेको छ ।

 

बाराही हाइड्रोपावरको मूल्य १०% बढेको छ । सिंगटी हाइड्रो र विन नेपाल लघुवित्तको मूल्य भने ८% बढ्यो । तारागाउँ रिजेन्सीको मूल्य ८.७ प्रतिशत तथा बुद्धभूमि हाइड्रोको ७.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, अपी पावर, रिडी पावर, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि बढ्न सफल भएको छ ।