आज सुनको मूल्य तीन सयले घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला ३ सयले घटेर १ लाख ३ हजार २ सयमा कारोबार भएको छ । हिजो प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सयमा कारोबार भएको छ ।अघिल्लो दिन १ लाख ३ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ कायम भएको महासङ्घले जानकारी दिएको छ ।