भत्ता बुझ्न औँठाछाप लगाउँदै ज्येष्ठ नागरिक

काठमाडौँ । साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न घरदैलो अभियान सञ्चालन गरेको छ ।

उक्त गाउँपालिकाभित्र रहेका ९० वर्ष माथिका नागरिक तथा (क) वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुकै घरदैलोमा पुगेर सेवा उपलब्ध गराउन अभियान सञ्चालन गरिएको हो ।

उनीहरुले सामाजिक सुरक्षाभत्ता बापतको रकम बुझ्न भौचरमा औँठाछाप लगाउँपर्ने छ । रासस